+
+

पूर्वका उद्योगी भन्छन् : बजेटले निजी क्षेत्रको अपेक्षा पूरा गरेन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते २२:३९

१५ जेठ, विराटनगर । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटलाई लिएर विराटनगरका उद्योगीले मिश्रित प्रतिक्रिया दिएका छन् । निजी क्षेत्रका मागहरू सबै सम्बोधन नभए पनि कोरोना महामारीपछिको अवस्थालाई सम्बोधन गर्नेगरी बजेट आएको उनीहरूको टिप्पणी छ ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउतले सरकारले ल्याएको बजेटले कोरोना महामारीको प्रभावलाई सम्बोधन गरेको बताए । तर, निजी क्षेत्रको अपेक्षा पूरा नभएको उनको भनाइ छ ।

‘बजेटलाई समग्र रुपमा राम्रो मान्छ सकिन्छ,’ उनले भने, ‘तर, निजी क्षेत्रलाई तत्काल राहत महसुस हुने कार्यक्रम देखिएन ।’

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे बजेट राम्रो भए पनि कार्यान्वयन पक्ष फितलो हुनसक्ने बताउँछन् । बजेटले धेरै पक्षलाई समेटेको उनले बताए । विद्युत् चुहावट नियन्त्रण गर्नको लागि निजी क्षेत्रले गरेको आग्रह सरकारले सुनेको भन्दै उनले खुसी व्यक्त गरे ।

‘१० युनिटसम्म छुट भएका कारण गरिब जनताले बिजुलीको पोलबाट हुक गरेर जोखिम मोल्न छोड्ने अपेक्षा छ,’ उनले भने।मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बजेटप्रति असन्तुष्टि व्यक्त गरे । सबै क्षेत्रमा कनिका छरे जसरी बजेट आएको उनले बताए ।

‘सबै क्षेत्रमा कनिका छरेको जसरी बजेट छरिएको छ,’ उनले भने, ‘उद्योगी, व्यवसायीको समस्या समाधान गर्ने ठोस कार्यक्रम आएन ।’ बजेटले विराटनगरलाई सम्बोधन गर्न नसकेको उनले गुनासो गरे ।

उद्योग संगठन मोरङका पूर्वअध्यक्ष मुकेश उपाध्यायले साना तथा मझौला उद्योगहरूलाई सरकारले महत्व दिएको बताए । रोजगारमुखी बजेट आएको बताउँदै उनले कार्यान्वयन पक्ष राम्रो भए प्रतिफल आउने टिप्पणी गरे । सबै क्षेत्रलाई समेटेर आएका कारण बजेट सकारात्मक र राम्रो भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?