
२१ जेठ, सुर्खेत । दैलेखको गुराँस गाउँपालिका –४ स्थित घोडाबासमा बुधबार बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
तल्लो डुङ्गेश्वरबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना ५ ख १६८५ नम्बरको बस दुर्घटना हुँदा कञ्चनपुरको भीमदत्त नगरपालिकाका करिब ४५ वर्षीय कल्यानसिङ बोहोरोको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नयनबहादुर साउदले जानकारी दिए । दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय सहचालक जयराज आवस्थी घाइते भएका छन् ।
साउदका अनुसार दुर्घटनामा परेकाे बसमा चालक र सहचालक मात्रै सवार रहेकाे र बस रोडबाट करिब तीन सय मिटर तल खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4