२८ जेठ, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा बस्दै आएका २ सय १४ जनालाई घर पठाइएको छ ।
गत जेठ ५ गतेदेखि भारतबाट आएका नागरिकहरु क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरुको मंगलबार पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।
जसमा बनगाड कुपिण्डे नगरपालिकाका १ सय ७२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २ हप्तासम्म होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको नगरपालिका मेयर गोविन्दकुमार पुनले जानकारी दिए ।
त्यस्तै कुमाख गाउँपालिका ४२ जनालाई पनि पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मंगलबार नै घर पठाइएको गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढामगर (गिरी)ले जानकारी दिइन् ।