Comments Add Comment

छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुई जनाको मृत्यु

२९ जेठ, जनकपुरधाम । सर्लाहीमा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

हरिपुर्वा नगरपालिका ७ बसतपुरमा  करेन्ट लागेर ९ वर्षीया बालिका मौसम कुमारी यादवको मृत्यु भएको छ । घरमा जडान गरिएको बिजुलीको बोर्डमा पंखाको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उपचारको लागि लालबन्दीतर्फ लग्ने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, कबिलासी नगरपालिका ५ रनियास्थित भित्री सडक खण्डमा बीआर–०६–एस ०९९८ नम्बरको जिपले ठक्कर दिँदा ६० वर्षीया जानकी देवी रामको घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएको तथा फरार भएका चालकको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

शव फेला

बागमती नगरपालिका ७ स्थित बागमती नदीको बगरको बीचमा एक जना पुरुषको शव फेला परेको छ । नाम, थर र वतन नखुलेको अन्दाजी ५०/५५ बर्षका पुरुषको शव सडेको अवस्थामा फेला परेको प्रैहरीले जनाएको छ । कम्मरमा गम्छा बेरेका ती मृतक पुरुषको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment