+
+

धादिङको ज्वालामुखीमा २७ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते १७:३६

३० जेठ, काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिकामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना महिला र २५ जना पुरुष रहेको गाउँपालिकाले जनाएको छ ।

१६ दिनअघि भारतबाट आएका ६८ जना क्वारेन्टिनमा रहेकाहरूमध्ये २७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाले ६३ जना पुरुष र पाँच जना महिलाको स्वाब संकलन गरी केन्द्रीय प्रयोगशाला टेकुमा पठाएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीले गाउँपालिकाको समन्वयमा २७ जनालाई आइसोलेसनमा राख्ने तयारी भइरहेको जानकारी दिए ।

कुल संक्रमितमध्ये सुनखानी मावि क्वारेन्टिनमा रहेका १२ जना र मैदीस्थित संस्कृत तथा साधारण माविमा रहेको क्वारेन्टिनमा रहेका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।

पीसीआर रिपोर्टमा नेगेटिभ रिपोर्ट आएका बाँकी सबैलाई दुई हप्ता होम क्वारेन्टिनमा बस्नेगरी घर पठाउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।

योसँगै धादिङमा कुल संक्रमितको संख्या ५९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?