 
																			सैतानहरू आउनेछन्
र निकालेर लानेछन् किताबबाट प्रेमपत्र
गिद्धहरू त्यो प्रेमपत्र
पहाडमा लगेर लुछिलुछि खानेछन्
यो घरमा चोर पस्यो भने
सुटुक्क चोरेर लानेछ प्रेमपत्र
जुवाको दाउमा राखिनेछ प्रेमपत्र
ऋषिहरू आएर दानमा माग्नेछन् प्रेमपत्र
वर्षातले पनि प्रेमपत्रमै गर्नेछ हमला
भिजाएर, गलाएर जानेछ
आगो लाग्यो भने
आगोले पनि जलाउनेछ प्रेमपत्र मात्रै
बन्देज लाग्यो भने पनि लाग्नेछ प्रेमपत्रमै
सर्पहरू आउंनेछन् र दांत गाड्नेछन् प्रेमपत्रमा
किराहरू पनि खानेछन् प्रेमपत्र नै
यो धर्तीमा महाप्रलय आयो भने
सप्तऋषि र मनुहरू बचाउंनेछन् वेद
कोही रोम बचाउनेछन् कोही मदीना
कोही सुन र हीराहरूले भर्नेछन् पोल्टो
तर कसैले पनि गर्नेछैन रक्षा प्रेमपत्रको
म मूर्ख
एक्लैले कसरी बचाउनु तिम्रो प्रेमपत्र ?
(सन् १९६५ मा बिहारमा जन्मेका बद्रीनारायणलाई मूलधार बाहिरका सशक्त कवि मानिन्छ । उनका ‘शब्द पदीमय’ र ‘सच सुने कई दिन हुए’ गरी दुई संग्रह प्रकाशित छन् । यो कविताको नेपाली भावानुवाद काशीराम बजगाईंले गरेका हुन् ।)
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4