Comments Add Comment

पूर्वाञ्चल विश्वविद्यालयले भदौ पहिलो साता परीक्षा लिने

७ साउन, काठमाडौं । पूर्वाञ्जल विश्वविद्यालयले नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित लकडाउनका कारण रोकिएको परीक्षा भदौ पहिलो साता सञ्चालन गर्ने भएको छ ।

परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाद्वारा बुधबार जारी सूचनामा यो विश्वविद्यालय अन्तर्गतका क्याम्पस र कलेजहरूमै परीक्षा केन्द्र कायम हुने उल्लेख छ ।

सरकारले भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन खुल्ला गर्ने निर्णयसँगै विश्वविद्यालयले परीक्षाको तयारी गरेको हो । नेपाल सरकारले तोकेको भौतिक दुरी तथा स्वास्थ्य सम्बन्धी निर्देशिका पालना गरेर पूर्व निर्धारित परीक्षाहरू सञ्चालन गर्न लागेको परीक्षा नियन्त्रक संग्रौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment