+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.6)
VS
८४ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १२ गते १२:५५

१२ साउन, काठमाडौं । सल्यान प्रहरीले विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका टेक बहादुर गिरी, कर्तव्य ज्यान मुद्दाका शेरबहादुर बस्नेत,जबरजस्ती करणी मुद्दाका हिरालाल भन्ने लालबहादुर शाहु, सार्वजनिक मुद्दाका रामबहादुर बुढाथोकी, जारी मुद्दाका सुनिता बुढा, लुटपाट मुद्दाका होमबहादुर बुढा र समबन्ध बिच्छेद मुद्दाका रेखा बुढा रहेका छन् ।

सल्यान जिल्ला अदालतको पत्रादेशानुसार विभिन्न मितिमा फैसला भई फरार रहेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्रउ परेका सबै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सल्यानमा उपस्थिति गराइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?