+
+

प्रधानमन्त्रीसँग वीरगञ्जमा ५ सय शय्याको कोभिड अस्पतालको माग

पर्साका दुई सांसदले स्वास्थ्यमन्त्रीलाई भेटे

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १६ गते १९:११

१६ साउन, वीरगञ्ज । संघीय सांसद प्रदीप यादवले वीरगञ्जमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गर्दै महामारी नियन्त्रणका लागि आवश्यक सहयोग गर्न माग गरेका हुन् ।

उनले प्रधानमन्त्रीलाई पठाएको पत्रमा वीरगञ्जमा ५०० शय्याको कोभिड अस्पताल स्थापना गरिदिन आग्रह गरेका छन् । ५ सय बेडको अस्पताल भएमा पर्सा, बारा र रौतहटका संक्रमितको व्यवस्थापनका निम्ति मद्दत पुग्ने उनको ठहर छ ।

त्यसका लागि नेसनल मेडिकल कलेज शिक्षण अस्पताल सबैभन्दा उत्तम विकल्प भएको पत्रमा उल्लेख छ ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका सासंद यादवले वीरगञ्जमा कोरोना महामारीले उत्पन्न भएको स्थितिलाई नियन्त्रण गर्न केन्द्रबाट विज्ञसहितको विशेषज्ञ टोली पठाउन, पर्सामा समुदायस्तरमा कोरोना परीक्षण बढाउन आवश्यक साधन स्रोत स्वास्थ्यकर्मीलगायत जनशक्तिको व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।

त्यस्तै पर्साका अर्का दुई संघिय सांसदले वीरगञ्जको स्थिति भयावह बन्दै गएको भन्दै स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सांसद लक्ष्मणलाल कर्ण र बिमल श्रीवास्तवले स्वास्थमन्त्री भानुभक्त ढकाललाई भेटेर वीरगञ्जको परिस्थितिका बारे ध्यानाकर्षण गराएका हुन् ।

वीरगञ्जमा तत्काल थप चिकित्सक र स्वास्थ्यकर्मी टोली पठाउन, कोरोना संक्रमितको उचित उपचारको व्यवस्था मिलाउन, थप कोभिड अस्पताल स्थापना गर्न आवश्यक रहेको लगायतका विषयमा ध्यानाकर्षण गराइएको सांसद कर्णले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?