+
+
WC Series
पोखरा एभेन्जर्स 2025
46/3 (7.2)
VS
७६ बलमा १२० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

आयुष्मानमाथि कंगनाको टिप्पणी–‘यस्ता मानिसहरु माफियाको समर्थन गर्छन्’

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते ११:५९

नायिका कंगना रनावत र बलिउडका कलाकारविचको वार अझै सकिएको छैन । कंगनाले एकपछि अर्को बलिउड कलाकारमाथि आरोप लगाइरहेकी छिन् । अब, उनको आरोपको निशानामा नायक आयुष्मान खुराना परेका छन् ।

आफ्नो समिक्षाका कारण विवादमा आइरहने केआरकेले आयुष्मानले रिया चक्रवर्तीको समर्थन गरिरहेको भन्दै ट्विट गरेका थिए । केआरकेले बलिउडमा टिक्नका लागि आयुष्मानले यो कदम चालेको उल्लेख गरेका थिए ।

सोही, ट्विटलाई रिट्विट गर्दै कंगना लेख्छिन्–‘बलिउड भन्दा बाहिरबाट आएका यस्ता चाप्लुसीहरु आफ्नो औषत अभिनय क्षमताका कारण माफियालाई समर्थन गर्छन् । यस्ता मानिसहरुलाई कसैसँग खतरा छैन र यस्तो विवादित बिषयलाई उनीहरु मौकाको रुपमा हेर्छन् । यस्तै व्यक्तिका कारण सुशान्त जस्ता कलाकारले अन्याय झेल्नुपर्छ । यस्ता मानिसहरु खुलेयाम यस्ता कुराहरुलाई अस्विकार गर्छन् र उनीहरुको मजाक बनाउँछन् ।’

नायिका रनावतले बलिउडका केही नायिकादेखि निर्माता निर्देशकसँग आक्रोश व्यक्त गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?