+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

रौतहटमा थपिए ३५ जना कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते १४:३५

२ भदौ, रौतहट । रौतहटमा मंगलबार ३५ जना कोरोना संक्रमित थपिएका छन । केन्द्रीय प्रयोगशाला काठमाडौंको रिपोर्ट अनुसार रौतहटमा १३ जना महिलासहित ३७ जनामा संक्रमण देखिएको हो ।

साउन ३० गते १५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा  ८० जनाको रिपोर्ट आउँदा गौर नगरपालिकाका २७ र माधवनारायण नगरपालिकाका ५ तथा गरुडा, कटहरीया र नेपाल प्रहरीका एक/एक जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रवक्ता हरेन्द्र गुप्ताले बताए ।

उनका अनुसार कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएको हो ।

‘संकलित स्वाब मध्ये ७० जनाको रिपोर्ट आउन अझै बाँकी छ,’ प्रवक्ता गुप्ताले भने, ‘कन्ट्याक ट्रेसि पछयाउँदै जाँदा उनीहरुमा संक्रमण देखिएको हो ।’  संक्रमितहर‌रुलाई व्यवस्थित आइसोलेसनमा राख्नुको सट्टा होम आइसोलेसनमा राख्न दिने निर्णयले समुदायमा संक्रमण फैलने खतरा झनै बढेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?