
२ भदौ, चितवन । भरतपुरको चितवन मेडिकल कलेजमा मंगलबारदेखि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण सुरु भएको छ ।
यस कलेजको प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट पीसीआर परीक्षण गर्ने अनुमति पाएसँगै परीक्षण सुरु गरेको हो । कलेजका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानले परीक्षणका लागि तयारी पूरा भएको बताए । ‘यसले परीक्षणको दायरा फराकिलो बन्ने विश्वास लिएका छौं’ उनले भने ।
कलेजले भरतपुर महानगरपालिका– ५ कैलाशनगरमा कोरोना परीक्षण ल्याब सञ्चालनमा ल्याएको छ । ‘निजी प्रयोगशालालाई कोभिड १९ को मोलिक्यूलर परीक्षण गर्न अनुमति दिने सम्बन्धी निर्देशिका २०७७’ को व्यवस्था अनुरूप मापदण्ड पूरा गरेपछि कलेजले गत साउन ३० गते अनुमति पाएको थियो ।
एक सिफ्टमा चार सय जनाको दरले दैनिक १२ सय जनासम्मको नमूना परीक्षण गर्न सक्ने क्षमता ल्याबको रहेको प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले बताए ।
प्रतिक्रिया 4