Comments Add Comment

कर्णालीमा ५१ संक्रमित थपिए, १९ डिस्चार्ज

८ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणमा मात्रै ३७ जनासहित ५१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

सबैभन्दा धेरै रुकुम पश्चिमको मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकका १८ जना रहेका छन् । त्यस्तै जाजरकेटको भेरी नगरपालिकामा मात्रै १५ जना नयाँ संक्रमित थपिएका छन । भेरी नगरपालिकाको वडा नं. १,२, ३, ४, ७ र १० मा दुई महिला र १३ जना पुरुषमा संक्रमण देखिएको हो ।

चौरजहारी प्रयोगशालामामै गरिएको परीक्षणमा बर्दिया, डडेलधुरा, धादिङ र उदयपुरका एक÷एक जनामा संक्रमण देखीएको छ ।

यता सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । जसमा सुर्खेत, चितवन र कंचनपुरका दुई/दुई जना, सल्यान, कैलाली, सर्लाही, रुपन्देही र बर्दियाका एक÷एक जना हरेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

जिल्ला जनस्वास्थ कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेका अनुसार सुर्खेतका दुई र सल्यानका एक जनाबाहेक अरुकोे बबई नाकामा स्वाब संकलन गरिएको थियो । उनीहरु सवारी चालक र स्थानीय वासिन्दा हुन् ।

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा भएको परीक्षणमा कालिकोटका तिलागुफा नगरपालिका ३ जनामा कोरोना पुष्टि भएको महाशाखाले जनाएको छ । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २२९५ पुगेको छ ।

यस्तै, कर्णालीमा सोमबार थप १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९९२ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २९७ जना आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment