+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अप्रेसन गरेर बच्चा जन्माएपछि महिलामा कोरोना पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १० गते २१:०३

१० भदौ, चितवन । चितवनको ओम अस्पतालमा अप्रेसन गरेर सुत्केरी भएकी एक महिलामा कोरोना संक्रमण देखिएको छ । भरतपुर महानगरपालिका– २ क्षेत्रपुरकी २४ बर्षकी महिलालाई भदौ ८ गते प्रसव पीडा भएपछि चिकित्सकहरुले अप्रेशन गरेर प्रसुति सेवा दिएका थिए ।

चितवन मेडिकल कलेजमा भदौ ७ गते स्वाब दिएकी महिलाको अप्रेशन गरेपछि भदौ ९ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका सञ्चालक ओम दवाडीले बिरामीलाई अस्पतालमा सुरक्षित तरिकाले राखिएको बताए । उनलाई अस्पतालको एक बार्ड नै खाली गराएर राखिएको छ ।

दुई जना नर्सहरुले पालैपालो ती महिलाको रेखदेख तथा उपचारमा सहयोग गरिरहेका छन् । अप्रेसनमा संलग्न चिकित्सक डा. विनोद पाठकले महिलालाई ब्यथाले च्यापेर निकै समस्या भइसकेको तर पीसीआरको रिपोर्ट कुर्दा ढिलो हुनसक्ने देखेर तत्कालै अप्रेसन गरिएको बताए ।

‘उहाँमा रगतको प्यारामिटरमा केही समस्या देखेपछि केही न केही शंका त हामीलाई लागेकै थियो, अप्रेसन नगरी नहुने अवस्था पनि थियो, त्यसैले कोरोना पोजेटिभ आउन पनि सक्छ भन्ने ठानेर सावधानीपूर्वक नै अप्रेसन गरेका थियौं’ डा. पाठकले भने, ‘अप्रेसन पनि राम्रो भयो, अहिले आमाको अवस्था सामान्य छ ।’

ती महिलाको अप्रेसनमा डा. पाठक, डा. मोविन्द्र श्रेष्ठ, डा. प्रदीप अधिकारी र डा. योगराज शर्मा, नर्स सन्तोषी चौधरी लगायत संलग्न रहेका थिए । अहिले महिलाको अवस्था सामान्य छ, कोरोनाको कुनै लक्षण देखिएको छैन ।

बच्चामा भने सामान्य जण्डिस देखिएको छ । महिलामा कोरोना संक्रमण पुष्टि भएपछि डा. पाठकसहितको टोली होम क्वारेन्टाइनमा बसिरहेको छ । डा. पाठक आफैं विहान बेलुका बिरामीको अवस्था जाँच गर्न जाने गरेका छन् ।

‘हामीले प्रिकसन त लिई नै रहेका छौं, अवस्थाका बारेमा जनस्वास्थ्य, वडा कार्यालयलगायतका निकायलाई पनि जानकारी गराएका छौं’ डा. पाठकले भने, ‘अवस्था सामान्य भएकोले आत्तिनुपर्ने अवस्था देखिदैन ।’ बिरामीसहित उपचार संलग्न चिकित्सक र अन्य स्वास्थ्यकर्मीको १२ गतेतिर पीसीआर परीक्षणका लागि स्वाब दिने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?