
११ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् ।
कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा भएको परीक्षणबाट थप २५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार थपिएका संक्रमित दैलेखको दुल्लु नगरपालिकाका ६/६ जना महिला र पुरुष गरी १२ जना रहेका छन् ।
यस्तै, काठमाडौंका ३ जना, सुर्खेत, जाजरकोट र बाँकेका दुई/दुईजना, भक्तपुर, रुपन्देही, सिन्धुपाल्चोक र सल्यानका एक/एकजना रहेका छन् ।
यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३४४ पुगेको छ । जसमध्ये २०२५ जना डिस्चार्ज भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ । ३१३ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4