+
+

रक्षा र गृहमन्त्री आइसोलेसन बसेपछि नेकपा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १२ गते १९:२५

१२ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि शनिबारको बैठक स्थगित गरिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ । त्यही कारण बैठक १८ गतेलाई सरेको छ ।

बैठकमा पार्टी विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?