
२९ भदौ, काठमाडौं । उत्तर पूर्वी दिल्लीमा भएको दंगालाई लिएर जेएनयूका पूर्वविद्यार्थी नेता एवम् युनाइटेड अगेन्स्ट हेटका सहसंस्थापक उमर खालिद पक्राउ गरेका छन् ।
दिल्ली पुलिसको स्पेशल सेलले उनलाई आइतबार राति पक्राउ गरेको हो । खालिदका पिता सैय्यद कासिम रसुल इलियासका अनुसार प्रहरीले दिउँसो १ बजेदेखि सोधपुछ गरिरहेको थियो । ११ घण्टा लामो सोधपुछपछि उनलाई राति ११ बजे गिरफ्तार गरेको हो ।
३३ वर्षीय खादिलका पिताले भनेका छन्, ‘मेरो छोरालाई यो केसमा फसाइँदैछ ।’
खालिद सहसंस्थापक रहेको युनाइटेड अगेन्स्ट हेटले पनि सीएएविरुद्ध भएको प्रदर्शनलाई अपराधीकरण गर्ने प्रयास भइरहेको बताएको छ ।
तर दिल्ली पुलिसको क्राइम ब्रान्चले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा दंगाको षड्यन्त्र गरेको र आफ्ना सहयोगीको मदतमा भिड जम्मा गरेको आरोप लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4