+
+

महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३० गते १२:३९

२९ भदौ, काठमाडौं । ललितपुरपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ।

ज्वरो आएकाले हिजो दिउँसो ललितपुरको किस्ट अस्पताल पुगेका उनको रिपोर्ट हिजो राति नै पोजेटिभ आएको हो। किस्ट अस्पतालका अनुसार उनमा अक्सिजनको मात्र कम र ज्वरो देखिएको छ। उनको श्रीमतीलाई पनि संक्रमण पुष्टि भएको छ।

किस्ट अस्पताला अपरेटिङ चिफ अमिस पाठकका अनुसार उनलाई अस्पतालको मेडिसिन डिपार्टमेण्टले हेरिरहेको छ भने रेमडिसिभिर चलाउने तयारी चलिरहेको छ। मेयर श्रेष्ठ अस्पतालको रेड जोनमा छन्।

नगरपालिकाका संक्रमितहरुको सेवा गर्ने क्रममा आफूलाई पनि संक्रमण भएको मेयर श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?