+
+
Shares
सी डोङसँग कर्पाेरेट वार्ता :

नेपालमा ‘ईभी लोडर’ सफल भए दक्षिण एसियाभरि विस्तार गर्छौं

हामीले दक्षिण एसियामा हाम्रा ईभी लोडरहरू सबैभन्दा पहिले भारत र त्यसपछि दोस्रो देशका रूपमा नेपालमा भित्र्याएका हौं । नेपाल सानो बजार हो, तर यसको अर्थ यो कम महत्त्वपूर्ण छ भन्ने होइन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ निर्माण उपकरण उत्पादक कम्पनी एसडीएलजीले वातावरणमैत्री र किफायती विद्युतीय लोडर सार्वजनिक गर्दै नेपालको विद्युतीय निर्माण उपकरण क्षेत्रमा प्रवेश गरेको छ ।
  • एसडीएलजीका महाप्रबन्धक सी डोङले नेपालमा विद्युतीय लोडर सफल भएमा यसलाई बंगलादेश, श्रीलंका र माल्दिभ्सका लागि उदाहरणीय बजार बनाइने बताए ।
  • महाप्रबन्धक डोङले नेपालमा विद्युतीय लोडरका लागि बढी खरिद लागत र चार्जिङ पूर्वाधारको अभाव मुख्य चुनौती रहेको उल्लेख गरे ।

नेपाल क्रमश: हरित पूर्वाधार र दिगो निर्माण अभ्यासको दिशातर्फ अघि बढिरहँदा, विश्वव्यापी निर्माण उपकरण उत्पादकहरूले यस देशलाई विद्युतीय हेभी मेसिनरी (इलेक्ट्रिक हेभी इक्विपमेन्ट) का लागि एक आशलाग्दो बजारका रूपमा हेर्न थालेका छन् ।

चिनियाँ निर्माण उपकरण उत्पादक कम्पनी एसडीएलजीले परम्परागत डिजेलबाट चल्ने मेसिनको तुलनामा वातावरणमैत्री र किफायती विकल्प भित्र्याउने उद्देश्यसाथ आफ्ना विद्युतीय लोडर मार्फत नेपालको ईभी निर्माण उपकरण क्षेत्रमा भर्खरै प्रवेश गरेको छ ।

हालैको नेपाल भ्रमणका क्रममा एसडीएलजीको दक्षिण एसिया र ओसिनिया क्षेत्रको व्यावसायिक गतिविधि हेर्ने महाप्रबन्धक सी डोङले नेपालमा कम्पनीको महत्त्वाकांक्षा, विद्युतीय निर्माण मेसिनरीको भविष्य, पूर्वाधार तथा मूल्य निर्धारणमा रहेका चुनौती तथा नेपाल कसरी अन्य दक्षिण एसियाली बजारहरूमा एसडीएलजी विस्तारका लागि प्रवेशद्वार बन्न सक्छ भन्नेबारे अनलाइनखबरसँग कुराकानी गरेका छन् ।

कुराकानीमा डोङले एसडीएलजीको दीर्घकालीन दृष्टिकोण, ईभी लोडर प्रविधिमा भएका प्रगति र आगामी वर्षहरूमा नेपालले हरित निर्माण समाधानलाई किन आत्मसात गर्न सक्छ भन्ने विश्वासका आधारबारे चर्चा गरेका छन् ।

तपाईंहरूले हालै नेपालमा आफ्ना उत्पादनहरू सार्वजनिक गर्नुभएको छ । एसडीएलजीलाई नेपाल भित्र्याउन केले प्रेरित गर्‍यो ?

हाम्रो एउटा दृष्टिकोण छ– सिर्जनाले संसारलाई नयाँ बनाउँछ । एसडीएलजीले लामो समयदेखि नवप्रवर्तन र सिर्जनामा ध्यान केन्द्रित गर्दै आएको छ । वास्तवमा, हामीले ५० वर्षभन्दा अघि नै आफ्नो व्यवसाय सुरु गरेका थियौं ।

ईभी प्रविधि हाम्रा लागि एक निकै सम्भावना बोकेको उद्योग हो । एसडीएलजीले यस उद्योगमा १० वर्षभन्दा बढी समयदेखि लगानी गरिरहेको छ । विशेषगरी हामीले चीनको ईभी कार उद्योगबाट केही प्रेरणा र पाठ सिकेका छौं । अहिले तपाईंले चीनका मुख्य भूमि र विदेशमा पनि थुप्रै चिनियाँ ईभी कार देख्न सक्नुहुन्छ ।

एसडीएलजीले पाँच वर्षअघि ईभी लोडर, विशेषगरी पाइलट लोडरहरूको परीक्षण सुरु गरेको थियो । अहिलेको अवस्थामा मलाई लाग्छ हामी चीनमा ईभी लोडर उत्पादनमा तेस्रो स्थानमा छौं ।

यहाँको मुख्य चुनौती भनेको यसको सुरुवाती मूल्य हो जस्तो मलाई लाग्छ । ईभी लोडरका हकमा मेसिनको लागत इन्धन वा डिजेल मोडेलको तुलनामा झन्डै दोब्बर हुन सक्छ । यसको अर्थ खरिद लागत बढी छ ।

दक्षिण एसिया पनि हाम्रा लागि एक महत्त्वपूर्ण बजार हो र नेपाल दक्षिण एसियामा हाम्रो दोस्रो बजार हो । हामीले यो प्रविधि र यी लोडर यहाँ ल्यायौं र हामीले यसअघि नै तीन वटा मोडेल सार्वजनिक गरिसकेका छौं । हामीले बजारबाट राम्रो प्रतिक्रिया पाएका छौं र केही ग्राहकले यसलाई स्वीकार पनि गरिसक्नुभएको छ किनभने यसले उहाँहरूलाई फाइदा र प्रतिफल दिएको छ । यसले हामीलाई नेपालमा यो मेसिन र प्रविधिलाई निरन्तर प्रवर्द्धन गर्नुपर्छ भन्ने आत्मविश्वास दिएको छ । त्यसैले नेपालमा हाम्रो चाहना र महत्त्वाकांक्षा यही नै हो ।

नेपालमा तपाईं कस्ता चुनौती र अवसर देख्नुहुन्छ ?

वास्तवमा, मैले भने झैँ हामीले दक्षिण एसियामा हाम्रा ईभी लोडरहरू सबैभन्दा पहिले भारत र त्यसपछि दोस्रो देशका रूपमा नेपालमा भित्र्याएका हौं ।

नेपाल सानो बजार हो, तर यसको अर्थ यो कम महत्त्वपूर्ण छ भन्ने होइन । वास्तवमा, यो हाम्रा लागि निकै महत्त्वपूर्ण छ किनभने यदि हामी यहाँ सफल भयौं भने हामीले यस बजारलाई बंगलादेश, श्रीलंका र माल्दिभ्सजस्ता छिमेकी देशका ग्राहकका लागि एउटा उदाहरणीय बजारका रूपमा प्रस्तुत गर्न सक्छौं ।

यदि हामी सफल भयौं र ग्राहकले यी मेसिनलाई अपनाएर हाम्रा ईभी मेसिनबाट फाइदा र प्रतिफल पाए भने त्यो हाम्रा लागि धेरै महत्त्वपूर्ण हुनेछ ।

यहाँको मुख्य चुनौती भनेको यसको सुरुवाती मूल्य हो जस्तो मलाई लाग्छ । ईभी लोडरका हकमा मेसिनको लागत इन्धन वा डिजेल मोडेलको तुलनामा झन्डै दोब्बर हुन सक्छ । यसको अर्थ खरिद लागत बढी छ ।

दोस्रो कुरा, यो पूर्वाधारमा पनि निर्भर रहन्छ । यदि तपाईं ईभी मेसिन प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंलाई चार्जिङ सुविधा आवश्यक पर्दछ । एक पटक त्यो पूर्वाधार उपलब्ध भएपछि मात्र तपाईंले यी मेसिनहरूलाई राम्रोसँग प्रयोग गर्न सक्नुहुन्छ । त्यसैले मैले देख्ने चुनौतीहरू यिनै हुन् । तर यदि हामीले यी समस्या समाधान गर्‍यौं भने मलाई लाग्छ यो हाम्रा लागि धेरै सम्भावना बोकेको बजार हो ।

पूर्वाधार, बिक्रीपछिको सेवा (आफ्टर–सेल्स सर्भिस) र हरित निर्माण प्रविधितर्फको रूपान्तरणका सन्दर्भमा एसडीएलजीले नेपाली बजारलाई कसरी सहयोग गर्ने छ ?

नेपाली बजारमा प्रवेश गर्ने निर्णय गर्दा हामीले सबैभन्दा पहिले अनुसन्धान गरेका थियौं । हामीले मेसिनहरू सिधै यहाँ ल्याएका मात्र होइनौं । हामीले बजार र यी मेसिनप्रति ग्राहकहरूको अपेक्षा के छ भन्ने कुराको अध्ययन गर्‍यौं ।

त्यसपछि हामीले यहाँका हाम्रा साझेदारहरूसँग मिलेर एउटा व्यावसायिक योजना बनायौं । हामीले कर्मचारीहरूलाई तालिम दियौं र स्पेयर पार्ट्स पनि तयारी गर्‍यौं । यी सबै काम पूरा भएपछि मात्र हामीले ईभी मेसिन बिक्री सुरु गरेका हौं।

अहिले हामीले यहाँ ईभी लोडर ल्याएका छौं तर नेपाललाई लोडर मात्र चाहिने होइनस यसलाई अन्य उत्पादनहरू पनि आवश्यक पर्ने छ । एसडीएलजीसँग विभिन्न ईभी मेसिन छन्, जस्तै लोडर, ग्रेडर र अन्य धेरै ।

भविष्यमा यहाँका स्थानीय पूर्वाधार आयोजनाहरूका लागि हामी अझ बढी ईभी लोडर उपलब्ध गराउन सक्छौं । अहिले हामीसँग चार वा पाँच वटा ईभी लोडर, ईभी एस्काभेटर र ईभी मोटर ग्रेडर छन् । त्यसैले स्थानीय पूर्वाधार आयोजनाहरूलाई सहयोग गर्न हामीसँग ईभी मेसिनहरूको पूर्ण प्याकेज नै छ ।

अहिले हामीले यहाँ ईभी लोडर ल्याएका छौं तर नेपाललाई लोडर मात्र चाहिने होइनस यसलाई अन्य उत्पादनहरू पनि आवश्यक पर्ने छ । एसडीएलजीसँग विभिन्न ईभी मेसिन छन्, जस्तै लोडर, ग्रेडर र अन्य धेरै ।

साथै, यदि यहाँ ईभी मेसिन सफल भए स्थानीय कम्पनीहरूले धेरै फाइदा लिन सक्छन् किनभने हाम्रो हिसाबकिताब अनुसार यसको कुल सञ्चालन लागत डिजेल मोडेलहरूको तुलनामा निकै कम छ । यसका साथै, यसबाट कुनै उत्सर्जन (इमिसन) नहुने भएकाले यो वातावरणमैत्री पनि छ ।

भविष्यका लागि मलाई लाग्छ हामी स्थानीय उद्योगहरूलाई राम्रो सहयोग उपलब्ध गराउन सक्छौं र यसबाट हामी र यहाँका हाम्रा साझेदार दुवै पक्ष लाभान्वित हुन सक्छौं ।

आगामी वर्षहरूका लागि एसडीएलजीको मुख्य ध्यान र भिजन के हो ?

एसडीएलजी हाम्रो उद्योगमा अग्रणी चिनियाँ उत्पादक बन्न चाहन्छ । साथै, हामी एक अन्तर्राष्ट्रिय कम्पनी बन्न चाहन्छौं र आफ्नो क्षेत्रमा नम्बर एक चिनियाँ उत्पादक बन्ने हाम्रो लक्ष्य छ । यो हाम्रो दृष्टिकोण हो ।

विश्वव्यापी रूपमा हामी हाम्रो ‘भ्यालु पोजिसनिङ’ मार्फत विश्वसामु हाम्रा मेसिन, हाम्रो मूल्य र हाम्रा सेवा पुर्‍याउन चाहन्छौं । हामी विश्वभरिका ग्राहकमाझ हाम्रा गुणस्तरीय उत्पादन पुर्‍याउन चाहन्छौं ताकि उनीहरूले हाम्रा मापदण्ड र समयसीमा भित्रै चिनियाँ उत्पादन र सेवाहरूको आनन्द लिन सकुन् ।

एसडीएलजीले विश्वव्यापी प्रतिस्पर्धीहरूको तुलनामा आफ्नो प्रविधिलाई कसरी फरक बनाएको छ ?

यो निकै चाखलाग्दो प्रश्न हो । वास्तवमा हामी मुख्यरूपमा विश्वव्यापी ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्दैनौं । ईभी लोडरहरू हाल प्राय: चीनमै केन्द्रित छन् र चीनले यस क्षेत्रमा नेतृत्व गरिरहेको छन् किनभने हाम्रो इलेक्ट्रिक ब्याट्री र इलेक्ट्रिक मोटर प्रविधि विश्वभरिमै उन्नत छ । त्यसैले हामी मुख्य रूपमा हाम्रा चिनियाँ प्रतिस्पर्धीहरूसँग नै प्रतिस्पर्धा गर्छौं ।

दोस्रो कुरा, ईभी लोडरका लागि ब्याट्री, इलेक्ट्रिक मोटर वा कन्ट्रोल सिस्टम मात्रै सबैथोक होइन । मेसिनको आफ्नै मेकानिकल संरचना पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । एसडीएलजीले ५० वर्षभन्दा बढी समयदेखि लोडर उत्पादन गर्दै आएको छ ।

परम्परागत मोडेलहरूमा हामीसँग परिपक्व प्रविधि छ र हामी उत्पादनमा निकै अगाडि छौं । अहिले ईभी लोडरको कुरा गर्दा हामी चीनका शीर्ष तीन ब्याट्री आपूर्तिकर्ताबाट ब्याट्री खरिद गर्छौं । सँगसँगै, हाम्रो आफ्नै ब्याट्री कारखाना पनि छ । यसको अर्थ हामी ब्याट्रीलाई आफ्नै मेसिन र आवश्यकता अनुसार अझ राम्रोसँग अनुकूलन (एडाप्ट) गर्न सक्छौं ।

यी मेसिनलाई बजार अनुभव र अभ्यासका आधारमा परीक्षण र परिमार्जन गरिएको छ । नेपालका लागि पनि यी मेसिनहरूले यहाँको स्थानीय काम र परिस्थिति अनुकूल आफूलाई ढाल्न सक्छन् ।

हामीसँग अत्याधुनिक इलेक्ट्रिकल कन्ट्रोल सिस्टमहरू पनि छन् जुन हामीले आफैं विकास गरेका हौं । यी प्रविधिका लागि हामीसँग धेरै पेटेन्टहरू छन् । यसले हाम्रा इलेक्ट्रिक मेसिनलाई प्रतिस्पर्धीभन्दा फरक बनाउँछ ।

बजार प्रतिक्रिया अनुसार एसडीएलजीका ईभी लोडर चिनियाँ बजारमा पहिलेदेखि शीर्ष स्थानमा छन् । मलाई लाग्छ कि तिनीहरूले चाँडै नै विश्वव्यापी बजारमा पनि राम्रो प्रदर्शन गर्नेछन् किनभने हाल विश्वभरि यस क्षेत्रमा केवल दुई वा तीन वटा ब्रान्डमात्र सक्रिय छन् ।

अन्त्यमा, हामी एसडीएलजी ईभी लोडरहरूमा प्रयोग गरिएको ब्याट्री प्रविधिबारे अझ बढी जान्न चाहन्छौं । भारी निर्माण कार्य (हेभी कन्स्ट्रक्सन वर्क) का लागि यो ब्याट्री कसरी उपयुक्त छ ?

वास्तवमा अधिकांश चिनियाँ ईभी लोडरले उस्तै प्रकारको ब्याट्री प्रविधि प्रयोग गर्छन् । प्रविधिको मापदण्ड प्राय: एउटै हुन्छ ।

यद्यपि, भारी कार्यहरू (हेभी–ड्युटी जब्स) का लागि हामीसँग विभिन्न मोडेल छन् र यिनीहरूको चीनमा पाँच वर्षभन्दा बढी समयदेखि परीक्षण भइसकेको छ । हामीसँग फरक–फरक प्रयोजनका लागि विभिन्न मेसिनका वर्गहरू छन्।

यी मेसिनलाई बजार अनुभव र अभ्यासका आधारमा परीक्षण र परिमार्जन गरिएको छ । नेपालका लागि पनि यी मेसिनहरूले यहाँको स्थानीय काम र परिस्थिति अनुकूल आफूलाई ढाल्न सक्छन् ।

काम जुनसुकै प्रकारको भए पनि हामीसँग फरक–फरक क्षेत्रका लागि विभिन्न मोडेल र मेसिन प्याकेज छन् । त्यसैले मलाई लाग्छ ग्राहकले हाम्रा मेसिनबारे चिन्ता लिनुपर्दैन । हामीसँग फरक–फरक आवश्यकताका लागि उपयुक्त मोडेल र कन्फिगरेसन उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?