
१३ असोज, काठमाडौं । अमेरिकन डलर सस्तोमा साट्ने प्रलोभनमा पारी ५ लाख रुपैयाँ लुटेर फरार भएको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् । पक्रउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ घर भई हाल भक्तपुर चारदोबाटोमा कोठा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र सोही ठाउँका २१ वर्षीय निर्मल भण्डारी रहेका छन् ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान चाँगुनारायण नगरपालिका-८ स्थित रातोपाटीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट ३ लाख ३१ हजार नेरु, ८ थान अमेरिकी डलर , एक थान मोटरसाइकल र २ थान मोबाइल बरामद भएको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4