Comments Add Comment

आत्महत्या प्रयास गरेका कोरोना संक्रमित पुरुषको मृत्यु

१४ असोज, बुटवल । हँसियाको सहायताले आफैंले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका बुटवलका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१० का ७६ वर्षीय पुरुष रहेका छन् ।

असोज १२ गते घरमा आफैंले घाँटीमा हसियाले रेटेर आत्महत्याको प्रयास गर्दा उनी घाइते भएका थिए । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुन नसकी सोही दिन युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना गरिएकोमा मंगलबार राति पौने १२ बजे मृत्यु भएको हो ।

मेडिकल कलेजमा उपचारका क्रममा पीसीआर परीक्षण गर्दा मंगलबार उनको रिपोर्ट पोजेटिभ आएको मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीले बताए । उनी श्वास प्रश्वाससम्बन्धि रोगबाट ग्रसित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment