Comments Add Comment

सनराइज बैंक र आईएमई मोटर्सबीच सम्झौता

सनराइज बैंक र आईएमई समूहद्वारा संचालित नेपालका लागि अशोक लेल्यान्ड ब्रान्डका विभिन्न सवारी साधनको आधिकारीक बिक्रेता आई एम ई मोटर्स प्राइभेट लिमिटेड बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आईएमई मोटर्सका तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरे ।

सहमतिपत्र अनुरुप आईएमई मोटर्सद्वारा वितरित सवारी साधन खरिद गर्नका लागि सन्राइज बैंकबाट कर्जा प्रवाह गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

ग्राहकहरुले उक्त सवारी साधन खरिदका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशत सम्मको कर्जा सुबिधा पाउने बैंकले जनाएको छ ।

कर्जाको मासिक किस्ता ईएमआईको आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ । कर्जा बैंकले ३ कार्य दिन भित्र उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment