
Photo Credit : डिएसपी विश्वराम खड्का
२३ असोज, काठमाडौं । इलाका प्रहरी कार्यालय, गजुरीका प्रमुख फेरिएका छन् ।
हाल कार्यालयको नेतृत्व गरिरहेका विश्वराज खड्काको कार्यक्षमतामाथि प्रश्न उठाउँदै प्रहरी प्रधान कार्यालय, नक्सालले उनलाई तानेको हो । उनको ठाउँमा सशस्त्र प्रहरी गण नम्बर १ का डीएसपी युवराज खड्कालाई पठाइएको छ ।
गजुरीका खड्कालाई गणमा पठाइएको छ । धादिङका गुण्डा नाइके राधे भण्डारी समूहलाई उनले सहयोग गरेको आरोप छ । भण्डारी जनप्रतिनिधिलाई धम्क्याएको अभियोगमा हालै समातिएका छन् ।
यसैबीच, प्रहरी प्रधान कार्यालयले मानव अधिकारी शाखाका एसपी कृष्णहरि शर्मालाई प्रहरी पहरा गण, सामाखुशीमा सरुवा गरेको छ । त्यहाँका एसपी सुरेन्द्र मैनाली संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जाने भएका छन् ।
प्रहरी निरीक्षक अनमोल खड्काको पनि इलाका प्रहरी कार्यालय, रंगेलीमा काज सरुवा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4