+
+

काठमाडौं किसानलाई धान भित्र्याएपछि आलुखेतीको चटारो (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ असोज २७ गते १४:३७

२७ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका धेरै क्षेत्रमा अहिले धान भित्र्याएर अर्को बाली लगाउने तयारी छ । मुख्य बजार क्षेत्रमा घरैघर भए पनि शहरबाहिरका क्षेत्रमा कृषि कर्म पनि निरन्तर भइरहेका छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानी, भक्तपुरको चाँगुनारायण नगरपालिकाको चाँगु फाँटका किसान धान भित्र्याएपछि पराल सुकाउने र खेतमा अर्को बाली लगाउने तयारी छन् । कतिपय किसानले खेत खनेर आलुको ड्याङ बनाउँदैछन् । कतै आलुको ड्याङमा परालको छापो हाल्दैछन् । कतिपय किसानको खेतमा आलु गोड्ने बेला भइसकेको छ ।

केही ठाउँमा भने धान काट्न अझै बाँकी छ । यस वर्ष दसैंँ विगत वर्षमा भन्दा पछाडि रहेकाले किसानहरु दसैँअघि नै धान भित्र्याएर अर्को बाली लगाइसक्ने तयारीमा छन् ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?