
५ कात्तिक, काठमाडौं । बारामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ना.५० प २५७६ नम्बरको मोटरसाइकल चालक मकवानपुरको चुरियामाई-१ घर भएका २५ वर्षीय सञ्चालाल गोले रहेका छन् ।
गोले सवार मोटरसाइकललाई जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा नम्बर नखुलेको टिपरले बुधबार दिउँसो ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपरसहित चालकको खोजी भइरहेको र दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4