+
+

आयल निगमको डिपोमा ट्याङ्करमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ६ गते १८:३३
सां‌केतिक फोटो

६ कात्तिक, बुटवल । नेपाल आयल निगमको रुपन्देही भलवारीस्थित डिपोमा रहेको एक ट्याङ्करमा आगलागी भएको छ ।

भारतबाट ल्याएको तेल खन्याउन डिपोभित्र लाइनमा रहेको लु १ ख ८१४५ नम्बरको ट्याङ्करमा आगलागी भएको हो । ट्याङ्करमा रहेको बेट्री सर्ट भएर आगलागी भएको र डिपोभित्र रहेको अग्नि नियन्त्रक यन्त्रले आगलागीलाई १० मिनेटभित्र नियन्त्रणमा लिएको डिपो प्रमुख प्रलयङ्कर आचार्यले बताए ।

आगलागीबाट ट्याङ्करको अगाडिको केही भाग जले पनि अन्य भौतिक तथा मानवीय क्षति नभएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए ।

एक हप्ताअघि भैरहवाको अञ्चलपुरस्थित एभरेष्ट आयल सप्लायर्समा डिजेल खन्याउने क्रममा आगलागी हुंदा ट्याङ्कर ध्वस्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?