+
+

दशैं विशेष : जब रावणले सुनाए लक्ष्मणलाई तीन जीवन–मन्त्र

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ७ गते ९:३८

रावण वास्तवमा एउटा प्रतिक हुन् । अहंकारको प्रतिक, अनैतिकताका प्रतिक, आफ्नो सामाथ्र्य दुरुपयोग गर्नेका प्रतिक ।

अक्सर प्रतिकात्मक चित्रमा रावणको दश वटा टाउको देखाइन्छ । एउटा व्यक्तिको दश वटा टाउको ? आश्चर्य लाग्न सक्छ । यद्यपी यसको पनि अर्थ छ । उक्त दश वटा टाउकोलाई काम, क्रोध, मोह, लोभ, मद आदि अवगुणको प्रतिक मानिन्छ । यी सबै अवगुणको एकमुष्ठ रुप हुन्, रावण ।

हामीभित्र पनि रावण छन् । हामीमा क्रोध, लोभ, मोह, मद सबै कुरा छ । त्यसैलाई वध गर्न सक्नु वा दबाउन सक्नु नै वास्तवमा आफैमाथिको जीत हो । हाम्रो मनरुपी रावणको वध गर्नका लागि राम अर्थात ईश्वरको शरणमा जानु हो ।

अर्कोतिर के पनि भनिन्छ भने, रावणको दश वटा टाउकोको अर्थ उनी महा विद्धान थिए । उनमा चार वेदको ज्ञान थियो । ६ शास्त्रको पनि ज्ञाता थिए । यहि कुरा दर्शाउनका उनको दश वटा टाउको बनाइएको हो ।

धार्मिक कथा यस्तो छ, जब रावणको मृत्यु लगभग निश्चित भएको थियो, श्री रामले लक्ष्मणलाई भने कि, ‘यी ज्ञानीको ज्ञान लिएर आउँ ।’

लक्ष्मण रावणका सामुन्ने पुगे र भने, ‘मलाई रामचन्द्र जीले ज्ञान लिनका लागि यहाँ पठाएको हो, मलाई केहि ज्ञान दिनुहोस् ।’ रावणले भने, ‘राम स्वंम ज्ञानी छन्, मैले के दिनु ?’ लक्ष्मण फर्केर रामकहाँ पुगे र रावणले कुनै ज्ञान नदिएको कुरा बताए । रामले सोधे, ‘तिमीले कसरी प्रश्न ग¥र्यौं ।’

लक्ष्मणले सबै बृतान्त सुनाए । तब रामले भने, ‘तिमी उसको चरणमा गएर प्रश्न सोध ।’ आखिरमा रावणले लक्ष्मणलाई तीन शिक्षा दिए ।

१. शुभ कार्य वा राम्रो काम जति सक्दो चाढै गर्नुपर्छ । र, अशुभ कार्यलाई जति ढिला ग¥यो उति राम्रो । अर्थांत शुभभस्य शीघ्रम् ।

२. दोस्रो कुरा, आफ्ना प्रतिद्वन्द्वी, आफ्नो शत्रुलाई कहिले पनि कमजोर नठान्नु । मैले यहि ठाउँमा भुल गरें । मैले जसलाई सामान्य बाँदर र भालु सम्झिए, उनीहरुले पुरै मेरो सेनालाई नष्ट गरिदिए । मैले जब ब्रम्हाजीसँग अमरताको वरदान मागेको थिए, तब मनुष्य र बाँदरको अतिरिक्त कसैले पनि मेरो वध गर्न नसकोस् भनेको थिएँ । किनभने मैले मनुष्य र बाँदरलाई तुच्छ ठानेको थिएँ ।

३. जीवनको कुनै राज छ भने, त्यो कसैलाई पनि बताउनु हुन्न । यहाँ पनि म चुके । किनभने विभीषण मेरो मृत्युको राज जान्न चाहन्थे । मेरो जीवनको सबैभन्दा गल्ती यहिँ भयो ।

आजको रावणको दश अवगुण

१. काम

२. क्रोध

३. लोभ

४. मोह

५. मद

६. ईष्र्या

७. स्वार्थ

८. अन्याय

९. अमानवीय व्यवहार

१०. अहंकार

रावणको दश गुण

१. महान ज्ञानीः रावणसँग चार वेद र ६ शास्त्रको ज्ञान थियो ।

२. शक्तिशालीः रावण त्यस समयमा एकदमै शक्तिशाली राजा थिए ।

३. राजनीतिज्ञः रावण राजनीतिज्ञ थिए । उनमा उच्च राजनीतिक चेत थियो ।

४. हमान उपासकः उनी ईश्वरको महान उपासक थिए ।

५. यज्ञको ज्ञाताः उनी एक महान यज्ञ विज्ञानका ज्ञाता थिए ।

६. रसायन शास्त्रः रावणको आयुद्ध निर्माणमा रसायन शास्त्रको अद्भूत प्रयोग भएको थियो ।

७. पारिकावरिक सम्बन्धः उनी आफ्ना परिवारप्रति एकदमै जिम्मेवार, उत्तरदायी थिए ।

८. मर्यादित चरित्रः माता सीतालाई भेट्न पुष्प वाटिका रावण कहिले पनि पत्नि बिना गएनन् ।

९. निष्पक्ष भावः पौराणिक कथाहरुमा उनको निष्पक्ष भाव पनि प्रकट भएको छ ।

१०. कर्तव्यपरायणः रावण जब कुनैपनि काम गर्थे, त्यो पूर्ण विश्वासका साथ सम्पन्न गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?