+
+

कोरोना पुष्टि भएपछि कांग्रेसका नेता मन्सुरलाई हेलिकप्टरमा काठमाडौं लगियो

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १९ गते १७:४५
तस्वीर सौजन्य : लोकेश सिंह

१९ कात्तिक, वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री फर्मुल्लाह मन्सुर उपचारका लागि हेलिकप्टरमा काठमाडौं गएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि सिम्रिक एयरको हेलिकप्टर चार्टर्ड गरेर उनी काठमाडौं गएका हुन् ।

केही दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र हिँड्दा दम बढ्ने समस्या भएपछि नेता मन्सुर सोमबार वीरगञ्जको एडभान्स अस्पताल गएका थिए ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वीरगञ्जको नेसनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल आइसोलेसनममा राखेर उपचार शुरु गरिएको थियो । पार्टी नेतृत्वको आग्रह पछि थप उपचारका लागि बिहान हेलिकप्टरमा काठमाडौं गएका नेपाली कांग्रेसका महासमिति सदस्य लोकेश सिंहले जानकारी दिए ।

‘सामान्य ज्वरो आएको थियो । वीरगञ्जको एडभान्स अस्पतालमा चेकजाँचका लागि जानुभएको थियो’ उनले भने ‘चिकित्सकले पीसीआर परीक्षण गराउन सल्लाह दिएका थिए, परीक्षण रिपोर्ट पोजेटिभ आएपछि हिजै बाबा आइसोलेसनमा जानुभयो, पार्टी नेतृत्वको आग्रहमा बिहान थप उपचारका लागि मेडिसिटी जानुभएको छ ।’

स्वास्थ्य स्थिति भने सामान्य नै रहेको उनले जानकारी दिए । बाबा आइसोलेसनमा कार्यरत नेसनल मेडिकल कलेजका डा. परवेज अन्सारीका अनुसार नेता मन्सुरको रगतमा अक्सिजनको मात्रा सामान्य नै छ ।

‘९ बजे राति आउनुभयो, बिहान १० बजे जानुभयो । त्यति उपचार गर्न पाएको अवस्था त हैन’ उनले भने ‘तर शरीरमा अक्सिजन मेन्टेन थियो । सामान्य रुपमै ९६, ९७ पुगिरहेको थियो । अक्सिजन स्ट्यान्डवाई राखेका थियौं । प्रयोग गर्नुपर्ने अवस्था आएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?