+
+

रुपन्देहीमा थप एकजना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २४ गते ११:३२

२४ कात्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैना ननगरपालिकाकी ५६ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।

कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला १९ गते भीम अस्पतालमा भर्ना भएकी थिइन् ।

उनको सघन उपचार कक्षमा उपचारका क्रममा सोमबार बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८६ र लुम्बिनी प्रदेशमा २०५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?