News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभा बैठकमा पर्यटन विधेयक २०८२ माथिको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले प्रतिपक्षीको विरोधलाई ‘तमासा’ भनेपछि संसद्मा नियमापत्ति भएको छ ।
- नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले उक्त शब्द अपमानजनक र असंसदीय भएको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरे ।
- विपक्षी दलहरूको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक अगाडि बढाउँदै विधेयकमाथिको छलफल अघि बढाएका थिए ।
१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले व्यक्त गरेका अभिव्यक्तिमाथि संसद्मा नियमापत्ति भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले नियमापत्ति गरेका हुन् ।
‘जगदीश खरेलज्यूले प्रतिपक्षको विरोधलाई जे शब्दले इंगित गर्नुभएको छ, तमासा देखाएको भन्ने । त्यो शब्द अपमानजनक छ, असंसदीय छ, संसदीय रेकर्डबाट हटाइयोस्’ सांसद मल्लले भने ।
विपक्षीको विरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक अगाडि बढाएका थिए । विरोधकाबीच सभामा पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल अगाडि बढाएका थिए ।
यो विधेयकमाथि बोल्न रोष्ट्रम पुगेका सांसद खरेलले विपक्षी दलका सांसदहरूको विरोधलाई ‘तमासा’को संज्ञा दिएका थिए।
यसप्रति नेकपाका सांसद मल्लले नियमापत्ति गरेका हुन् ।
प्रतिक्रिया 4