+
+
Shares

सल्यानमा २ हजार बढी मतान्तरसहित रमेश मल्लको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानमा जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लले ९ हजार ४८९ मत गणना हुँदा ४ हजार ३९६ मत प्राप्त गरी अग्रता कायम राखेका छन्।
  • उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्दले १ हजार ६२३ मत प्राप्त गरेका छन् र मतान्तर २ हजार ७७३ पुगेको छ।
  • मतगणनाका क्रममा ५०८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ र जिल्लास्थित समन्वय समितिको भवनमा मतगणना जारी छ।

२२ फागुन, सल्यान । सल्यानमा जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लले फराकिलो अग्रता कायम राखेका छन् ।

हालसम्म ९ हजार ४८९ मत गणना हुँदा मल्लले ४ हजार ३९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्दले १ हजार ६२३ मत प्राप्त गरेका छन् ।

यससँगै मल्ल र चन्दबीचको मतान्तर २ हजार ७७३ पुगेको छ।

त्यस्तै नेपाली काँग्रेसका केश बहादुर बिष्टले १ हजार ५८३ मत, नेकपा एमालेका गुलावजंग शाहले १ हजार २१० मत र नेकपा माओवादीका चन्द्रबहादुर खड्काले ४८२ मत प्राप्त गरेका छन्।

मतगणनाका क्रममा हालसम्म ५0८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लास्थित समन्वय समितिको भवनमा मतगणना जारी रहेको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?