
११ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले यसवर्षको तिहारमा दैउसीभैलो खेल्न प्रतिबन्ध लगाएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले देउसीभैलो नखेल्न, भोजभत्तेर नगर्न र आफू बसेकै ठाउँबाट चाडपर्व मनाउन जिल्लावासीमा अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
दीपावली तथा छठ पर्वको अवसरमा कुनै पनि आतिसबाजी, पटका, भुँइचम्पा लगायतका विस्फोटक पदार्थ खरिद, बिक्री वितरण, ओसारपसार एवं प्रयोग नगर्न प्रशासनले सूचना जारी गरेर सचेत समेत गराएको छ ।
प्रशासनले जारी गरेको सूचनाको बर्खिलाप हुने गरी कुनै गतिविधि भए/गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी समेत प्रशासनले दिएको छ ।
हेर्नुहोस् प्रशासनले जारी गरेको सूचना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4