Comments Add Comment

विदेशबाट उद्धार उडान बन्द

एनआरएनले पीसीआर नेगेटिभ रिर्पोट लिएर आउन पाउने

२७ कात्तिक, काठमाडौं । सरकारले गैरआवासीय नेपालीका लागि नेपाल आउने ढोका खुला गरेको छ । नेपाली मुलका गैरआवासीय विदेशी नागरिक र उनीहरुको परिवारका सदस्यलाई यात्रा सुरु गर्नुभन्दा अघि बढीमा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोटका आधारमा नेपाल प्रवेश अनुमति दिने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

उनका अनुसार नेपालस्थित कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत विदेशी नागरिक र उनीहरुका परिवारलाई समेत पीसीआर रिर्पोटका आधारमा नेपाल प्रवेशको अनुमति दिने निर्णय सरकारले गरेको हो ।

पीसीआर रिर्पोट भएका अभिभावकका ५ वर्ष मुनीका बालबालिकाको हकमा भने पीसीआर आवश्यक नपर्ने उनले जानकारी दिए । पीसीआर अन्तर्गत आरटी-पिसिआर/जीन एक्पर्ट/ट्रु नाट वा सो सरहका परीक्षणलाई समेत सरकारले मान्यता दिने भएको छ ।

विदेशबाट उद्धार उडान बन्द

सरकारले अब विदेशमा रहेका नेपालीका लागि चार्टर्ड तथा उद्धार उडानको काम भने बन्द गरेको छ । नेपाली नागरिक रहेका अधिकांश मुलुकमा नियमति उडान सुरु भएको भन्दै सरकारले अब नियमित उडानबाटै नेपालीलाई घर फर्कन प्रोत्साहित गर्ने भएको छ ।

मन्त्रिपरिषद्को तथ्यांकअनुसार लकडाउनयता २२ कात्तिकसम्म कुल ९११ वटा अन्तर्राष्ट्रिय उडानबाट १ लाख ३६ हजार २ सय १६ जना नेपाली घर फर्किएका छन् । कुल ८६ मुलुकबाट नेपाली घर आएका हुन् । यसबीचमा ४२७ जना नेपालीको शवसमेत नेपाल ल्याइएको छ ।

पर्यटकीय गतिविधि खुला

सरकारले पर्यटनसँग सम्बन्धित विभिन्न सेवा, व्यवसाय तथा कार्यसमेत सूचारु गरेको छ । यसमा केबलकार, साहसिक पर्यटन, जंगल सफारी तथा संग्रहालयसमेत अब खुला हुने भएका छन् । यसअघि पदयात्रा र पर्वतारोहण भने सरकारले खुला गरेको थियो ।

कोरोना संक्रमण फैलिएर पुनः बन्द गर्नु पर्ने अवस्था अएमा भने स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा निर्णय लिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment