+
+

नेपाल–वेलायत द्विपक्षीय परामर्शको पाँचौ वैठक सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते १८:५८

२७ कात्तिक, काठमाडौं । विभिन्न दुई पक्षीय विषय र पारस्परिक हितका विषयमा छलफल गर्दै नेपाल–वेलायत द्विपक्षीय परामर्शको पाँचौ वैठक सम्पन्न भएको छ ।

वैठकमा दुईपक्षीय सम्बन्धका विभिन्न क्षेत्रमा भएका प्रगति, विकास सहकार्य, व्रिटिश गोर्खालगायतका विषयमा विस्तृतमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यसका साथै राजनीतिक घट्नाक्रम, आर्थिक विषय र दुवै देशले कोरोना नियन्त्रणका क्रममा प्राप्त भएका अनुभवको विषयमा पनि कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

दुई पक्ष व्यापार, लगानी, उर्जा, पर्यटनलगायतका क्षेत्रमा सहकार्यलाई फराकिलो पार्न समेत सहमत भएका छन् । त्यसैगरी क्षेत्रीय र विश्व ममिलाका विभिन्न विषयमा समेत छलफल भएको थियो । जलवायु परिवर्तन र नेपालले आयोजना गर्ने योजना वनाएको सगरमाथा संवादको विषयमा समेत कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?