+
+

नागढुङ्गा–कलङ्की सडकखण्डमा सीसी क्यामरा जडान   

रासस रासस
२०७७ मंसिर १० गते १७:४३
फाइल तस्वीर

१० मंसिर, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–कलङ्की सडकखण्डमा अत्याधुनिक प्रविधिको सीसी क्यामरा जडान गरेको छ ।

काठमाडौँ उपत्यकाको मुख्यद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले शान्ति सुरक्षालाई चुस्तदुरुस्त ढङ्गले सञ्चालन गर्नका लागि मुख्य राजमार्ग क्षेत्रमा सीसी क्यामरा जडान गरेको हो ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नगरपालिकाको रु एक करोड लागतमा अत्याधुनिक प्रविधिको सीसी क्यामरा जडान गरिएको जानकारी दिए । “सीसी क्यामरा जडानसँगै नागढुङ्गा–कलङ्की क्षेत्रमा सडक अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, नगरप्रमुख गिरिले भने ।

नगरपालिकाको वडा नं २ नागढुङ्गादेखि वडा नं १५ कलङ्कीसम्म राजमार्ग क्षेत्रमा ६७ क्यामरा जडान भएका छन् । उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने नगरपालिकाले जनाएको छ । राजमार्ग क्षेत्रमा चन्द्रागिरीको ११ वडा पर्दछन् । चन्द्रागिरि नगरपालिका बागमती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् । नगरपालिकाका प्रवक्ता एवम् वडा नं ११ का वडाध्यक्ष हरिभक्त महर्जनले चन्द्रागिरिले सबै वडामा सीसी क्यामरा जडान गर्ने बताए । मुख्य राजमार्ग क्षेत्रमा नगरपालिकाले सीसी क्यामरा जडान गरेपनि भित्रि बाटोमा भने वडाले सीसी क्यामरा जडान गर्ने प्रवक्ता महर्जनको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?