११ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बैंकिङ कसूरको आरोप लागेका व्यवसायी सुधीर बस्नेतलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
बैंकबाट ऋण लिँदा कर्जा सुरक्षणबापत राखेको धितो बैंकले लिलाम गरे पनि त्यसविरुद्ध उक्त मुद्धा ऋण असुली न्यायाधीकरणमा विचाराधीन रहेकाले पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मंसिर ९ गते बस्नेतले २०६९ सालमा ठगी र बैंकिङ कसूर मुद्धामा दोषी ठहर भई सजाय समेत भुक्तान गरेको भन्दै एकै व्यक्तिलाई एउटै मुद्धामा पटक पटक कारबाही गर्न नमिल्ने सैद्धान्तिक मान्यता रहेको र ऋणसम्बन्धी मुद्धा विचाराधीन रहेकाले पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
बस्नेतले एक बैंकले लिलामी गरेको धापासीको आफ्नो जग्गाको लिलामी बदरको माग गर्दै रिट दिएका थिए ।
धापासीस्थित जग्गा धितो राखेर बस्नेतको ओरियन्टल सहकारीले एउटा वाणिज्य बैंकबाट ऋण निकालेको थियो । कर्जा सम्झौता अनुसार ऋण तिर्न नसकेपछि बैंकले बस्नेतको धापासीस्थित धितो राखेको जग्गा लिलामी गरेको थियो ।
लिलामीको सूचना निकाल्दा पनि धापासीको जग्गा बिक्री नभएपछि बैंक आफैंले सकारेको थियो । अहिले त्यस जग्गामा बैंकले संरचनासमेत बनाएको छ ।
प्रतिक्रिया 4