
१२ मंसिर, बुटवल । रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ की ६० वर्षीया महिलाको भिम अस्पताल भैरहवामा मत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलका अनुसार उनी बिहीबार राति १२ बजे अस्पताल भर्ना भएकी थिइन् । उपचारको क्रममा बिहीबार राति १२ः४० बजे उनको मृत्यु भएको पोख्रेलले बताए । डा. पोखरेलका अनुसार उनको कोरोना परीक्षण रिपोर्ट बिहीबार नै पोजेटिभ आएको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११९ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4