+
+

सगरमाथा आरोहण गर्ने पहिलो बेलायती नागरिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २३ गते १२:२०

२३ मंसिर, काठमाडौं । सगरमाथाको आरोहण गर्ने पहिलो बेलायती नागरिक डोउग स्कटको ७९ वर्षको उमेरमा निधन भएको छ । उनी सन् १९७५ मा सगरमाथा आरोहण गर्ने पहिलो बेलायती टोलीको एक सदस्य थिए ।

उनले सन् १९९४ मा हिमाली क्षेत्रका मानिसहरुको सहयोगका लागि च्यारिटी कम्युनिटी एक्सन नेपाल (क्यान)को स्थापना गरेका थिए । साथै उनले उक्त क्षेत्रका मानिसहरुको सहयोगको लागि लकडाउनम हजारौं पाउण्ड रकम जुटाएका थिए ।

बेलायतको नटिन्घाममा जन्मिएका स्कट ब्रेन क्यान्सरबाट पीडित थिए । सोमबार उनको आफ्नै निवासमा मृत्यु भएको हो । सन् १९७५ सेप्टेम्बर २४ मा उनले साउथ वेस्ट फेसबाट सगरमाथा आरोहण गरेका थिए । यो मार्गबाट सगरमाथा आरोहण गर्नु निकै कठिन मानिन्छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?