+
+

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १०:२०

२८ मंसिर, काठमाडौं । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै पाँच डिग्री सेल्सियसले कम हो ।

मौसमविद विभूति पोखरेलका अनुसार शनिबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस थियो । ‘आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । पौने ९ बजे फेरि मापन गर्दा ४.५ डिग्री सेल्सियस पाइयो,’ पोखरेलले भनिन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । यसैगरी प्रदेश नं. १ र बागमती प्रदेशमा आंशिक बदलीको अवस्था छ । तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविद पोखरेलले बताइन् ।

केही ठाउँमा लागेको हुस्सु र कुहिरो पनि विस्तारै हट्दै गएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?