+
+

विद्यार्थीको व्यंग्य–लोकतन्त्र स्वाहा ! बयलगाडा स्वाहा !

चन्द्रबहादुर आले/आर्यन धिमाल चन्द्रबहादुर आले/आर्यन धिमाल
२०७७ पुष १३ गते २०:१०

१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा विद्यार्थीहरूले काठमाडौंमा ‘स्वाहा’ कार्यक्रम आयोजना गरेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अनेरास्ववियू वाल्मिकी क्याम्पस समितिले सोमबार व्यंग्यात्मक कार्यक्रम आयोजना गरेको हो ।

संसद विघटनले प्रतिगमन फर्काएको भन्दै विद्यार्थीहरूले ‘केपी ओली स्वाहा, लोकतन्त्र स्वाहा, बयलगाडा स्वाहा, मूल्य–मान्यता स्वाहा, रेल स्वाहा, गणतन्त्र स्वाहा, जनजीविका स्वाहा, ललिता निवासको जग्गा स्वाहा, विधिको शासन स्वाहा’ भनेर व्यंग्य गरे ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?