+
+

प्रचण्ड आज स्वदेश फर्कंदै

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २५ गते ९:२३

२५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । प्रचण्ड साँझ काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ ।

पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बइ गएका थिए । पाँच दिन मुम्बइमा पत्नी सँगै रहेका प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन् ।

लामो समयदेखि पत्नी सीता दाहाल बिरामी छिन् । यसअघि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको सीतालाई यसपटक मुम्बइ लगिएको हो । सीतालाई उपचारकै क्रममा छोडेर प्रचण्ड स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ । सीतासँग उनका छोरीहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?