
काठमाडौं । प्रदीप सापकोटाको नियात्रा संग्रह ‘यात्राका इन्द्रेणी रङ’ सार्वजनिक भएको छ ।
पुस्तकमाथि निबन्धकार दीपक सापकोटाले समीक्षात्मक टिप्पणी गर्दै नियात्रासङ्ग्रहले पुँजीवादलाई व्यङ्ग्य प्रहार गर्दै यात्राको मीठो स्वाद पस्केको बताएका छन् ।
यता निबन्धकार श्रीओम श्रेष्ठ रोदनले लेखेका छन्– यात्रालाई नियात्राकै रूपमा लेख्न सजिलो हुँदैन तर प्रदीप सापकोटाले यात्रालाई निजात्मक अनुभूतिसँग जोडेर सजिलोसँग व्यक्त गर्न सकेका छन् । उनको आकर्षक शैलीले गर्दा प्रत्येक पछिल्लो पंक्ति पढ्नलाई उत्साह जगाउन नियात्रा सफल छन् ।’
काभ्रेपलाञ्चोकको पनौती रयालेका सापकोटाको ‘यात्राका इन्द्रेणी रङ’ शाब्दिक बुक्सले प्रकाशन गरेको हो । चौध थान नियात्रा समेटिएको संग्रहको मूल्य २ सय ३५ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4