+
+

सुर्खेतमा ट्रक दुर्घटना हुँदा एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ८ गते १८:४५

८ माघ, सुर्खेत । सुर्खेतको एमाले मोडमा बिहीबार ट्रक दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।
रत्नराजमार्ग अन्तर्गत जिल्लाको भेरीगंगा नगरपालिका–५, एमाले मोड नजिकै ट्रक दुर्घटना हुँदा ट्रक चालक कुमाख गाउँपालिका–१, सल्यानका ४५ वर्षीय भुपेन्द्रबहादुर चन्द घाइते भएको प्रहरीले जनाएको छ ।

जाजरकोटबाट नेपालगञ्जतर्फ खाली सिलेन्डर बोकेर जाँदै गरेको भे १ क ३२६४ नम्बरको ट्रक अनियन्त्रित भइ बीच सडकमै पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइते चन्द्रको टाउकोमा सामान्य चोट लागेको र उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?