+
+

एउटा बाजे वकिललाई तमासा गर्न सर्वोच्च लिएर गएछन् : ओली

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ९ गते १८:०६

९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुन:स्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर व्यक्तिगत टिप्पणी गरेका छन् ।

बबरमहलमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन ।’

रिट निवेदकको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता भण्डारी नेपालको पहिलो लाइसेन्स प्राप्त वकिल हुन् ।

संविधानमा प्रतिनिधिसभा पुन:स्थापनाको ठाउँ नै नभएको उनको दाबी छ । कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भने, ‘वकिलहरूले कुरा फिट्याफिट्यै छ तर संसद पुन:स्थापना हुनै सक्दैन ।’

सर्वोच्चमा बहस गर्दै वरिष्ठ अधिवक्ता भण्डारीले प्रधानमन्त्रीले पार्टीको विवाद सं‌सदमा लगेर पोखेको भन्दै छोरी कुटेर बुहारी तर्साउन खोजेको टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?