Comments Add Comment

फ्रेन्डसिप टी–२‍० क्रिकेट : एन्जल्स र पाकिस्तान दूतावास विजयी

२३ फागुन, काठमाडौं । एन्जल्स हार्ट एकेडेमी र पाकिस्तान दूतावासले नेपाल पाकिस्तान फ्रेन्डसिप टि–२‍० क्रिकेट प्रतियोगितामा जित निकालेका छन् ।

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा आइतबार भएको खेलमा एन्जल्स हार्टले बासुलिङ क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्‍यो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बासुलिङ क्रिकेट क्लब १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८२ रन बनायो । बासुलिङको लागि तिलक बोहराले ३१ तथा सुशील पटेल २४ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बासुलिङलाई सस्तैमा समेट्न एन्जल्सका लागि दिवस कुँवरले सर्वाधिक ४ विकेट तथा अंकित न्यौपानेले ३ विकेट लिए ।

बासुलिङले दिएको ८३ रनको लक्ष्य पछ्याएको एन्जल्स हार्ट एकेडेमीले १४.१ ओभरमा मात्र ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । एन्जल्सका लागि विपिन न्यौपानेले अविजित ३० रन जोडे । उनी प्रतियोगिताका म्यान अफ दि म्याच समेत घोषित भए । त्यस्तै युवराज खत्रीले १८ रन जोडे ।

यस्तै दिनको दोस्रो खेलमा पाकिस्तान दूतावासले लायन क्रिकेट क्लबलाई ५३ रनले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तान दूतावासले इर्शद अलीको अर्धसतकको मद्दतमा लायन क्रिकेट क्लबलाई १९५ रनको टार्गेट दिएको थियो ।

पाकिस्तान दूतावासका लागि इर्शदले ५६ रनको अर्धशतकीय इनिङ खेल्दा सौकात अलीले ४० रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको लायनले मात्र १४१ रन जोड्न सक्यो । लायनका लागि आदित सुवेदीले ४० तथा रोजल राउतले ३५ रन बनाए ।

पाकिस्तान दूतवासका लागि नरेश थापाले ३ विकेट तथा नाशिर खान र रन्शन प्रसाईंले २–२ विकेट लिए ।

यस अघि पाकिस्तान दूतवास उद्घाटन खेलमा हाम्रो किचनसङ पराजित भएको थियो ।
पाकिस्तान दूतवासको छैठौं संस्करणको यस प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।

खेलअघि प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य र नेपालका लागि पाकिस्तानी राजदूत सैयद हेदर शाले गरेका थिए ।

समूह ’ए’ मा पाकिस्तान दूतावास, हाम्रो किचेन क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेका छन् ।
समूह ’बी’ मा बालुवाटार क्रिकेट क्लब, बल पार्क एकेडेमी र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर रहेका छन् ।

यस्तै समूह ’सी’ मा आरएस विधापीठ एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी र पुल्चोक इन्जिनियरिङ क्याम्पस (आईओई ) रहेका छन् ।

समूह ’डी’ मा एन्जल्स हार्ट एकेडेमी, बासुलिङ क्रिकेट एकेडेमी र स्कुल अफ क्रिकेट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment