+
+

त्रिभुवन विमानस्थलको अनुगमनपछि पर्यटनमन्त्रीले भने-सात दिनपछि पुनः आउँछु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ८ गते १९:०२

८ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल आइतबार त्रिभुवन विमानस्थलको अनुगमनमा पुगेका छन् । विमानस्थलमा अहिले विभिन्न भौतिक पूर्वाधार निर्माणको काम जारी छ । त्यसक्रममा यात्रुले निर्माणको काम गर्दा व्यवस्थापनमा ध्यान दिन नसकेको गुनासो गरेका थिए ।

मन्त्री ढकालले यस्तो काम गर्दा यात्रुको असुविधा हुने गरी नगर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार अहिले यात्रु कम भएको समयको मौका छोपी विमानस्थलमा पूर्वाधार निर्माण तथा मर्मतको काम भइरहेको छ ।

‘सोहीबारे गुनासो आएपछि आज मन्त्रीज्यूसँगै हामीले फिल्ड अनुमगन गरेका छौं,’ उनले भने, ‘काम गर्दा यात्रुको सुविधालाई ध्यानमा राख्न आग्रह गरेका छौं ।’ मन्त्री ढकालको सचिवालयका अनुसार मन्त्रीले यस क्रममा देखिएका कमिकमजोरी सुधार गर्न निर्देशन दिँदै ७ दिनपछि आफू पुनः विमानस्थलमा आउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?