+
+

बजेट बनाउन अर्थ मन्त्रालयले माग्यो सर्वसाधारणबाट सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १३ गते ११:३०

१३ चैत, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि आम सर्वसाधारणसहित सरोकारवालाबाट सुझाव माग गरेको छ । अर्थ मन्त्रालयका अनुसार आगामी आवको बजेट तर्जुमा सम्बन्धी काम शुरु भएको छ । यसका लागि बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा ५ वैशाखसम्म सुझाव पठाउन सकिने छ । संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारमाध्यम र आम सर्वसाधारणबाट बजेटबारे सुझाव संकलनको तयारी अर्थले गरेको छ ।

अर्थको वेवसाइटमा गई बजेट सुझावसम्बन्धी ट्वावबाट बजेटबारे सुझाव दिन सकिने भएको छ । अर्थको कार्यतालीका अनुसार १५ चैतसम्म विभागीय मन्त्रालयहरुले आ–आफ्नो मन्त्रालयबाट बजेट तथा कार्यक्रम पेश गर्नेछन् । त्यसपछि अन्तर मन्त्रालय छलफल शुरु हुने छ । यसे छलफलका बीचमा सरोकारवाला निकायले दिने सुझावलाई समेत अर्थले संकलन गर्नेछ । त्यसपछि भने बजेट लेखनको काम शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?