
२६ चैत, काठमाडौं । गृह मन्त्रालयले २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार गृहमन्त्री स्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन भएको हो ।
सरुवा सूचीअनुसार मन्त्रालयमा रहेका नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् ।
सहसचिव शिवराज गेलाल बाँके, धर्मेन्द्र मिश्र नवलपरासी पश्चिम, होमप्रसाद लुइँटेल लमजुङ, राजेन्द्रदेव पाण्डे बैतडी, नवराज सापकोटा रोल्पा, सुनिल खनाल डोटी र भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी दिइएको छ ।
हेर्नुस् सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4