+
+

डिजिटल भुक्तानीका लागि इसेवा र औषधि व्यवसायी संघ कास्कीबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते १८:३४

२९ चैत, काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र नेपाल औषधि व्यवसायी संघ कास्कीबीच क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल औषधी व्यवसायी संघ कास्कीका तर्फबाट अध्यक्ष विक्रम पन्त र इसेवाका तर्फबाट बिजनेस म्यानेजर रोशन राईले हस्ताक्षर गरेका छन् ।

इसेवाले जारी गरेको विज्ञप्तितमा भनिएको छ, ‘सम्झौता अनुसार कास्कीभित्र रहेका संघ अन्तर्गतका सदस्य औषधि व्यवसायीहरुले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्यूआर कोडसम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्नेछन् । फोनपेले इसेवा लगायत आफ्ना अन्य सदस्यमार्फत डिजिटल कारोबार प्रवर्द्धनमा सघाउनेछ । यस्तै कास्कीका औषधि व्यवसायी आबद्ध अस्पतालहरुमा इसेवा मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने व्यवस्था समेत मिलाइनेछ ।’

पछिल्ला दिनमा क्यूआर भुक्तानीलाई पनि आक्रामक ढंगबाट अगाडी बढाइरहेको इसेवाले यसअघि पनि पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघसँग क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता गरिसकेको विज्ञप्तिमा उल्लेख छ । डिजिटल पोखराको अभियानमा इसेवाले तीब्र गतिमा काम गरिरहेको जनाइएको छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको इसेवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?