+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नयाँ जिम्मेवारी पाएको आफ्‍नै मन्त्रालयमा मन्त्री केसीको छड्के

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १८:०७

२ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारकी सामाजिक विकास मन्त्री बिमला केसीले आफ्नै  मन्त्रालयमा छड्के अनुगमन गरेकी छिन् । एक साता अघिमात्रै मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री केसी बिहीबार बिहान ठिक १० बजे मन्त्रलय पुगेकी थिइन् ।

गाडीबाट झरेर सिधै मन्त्रालयका कार्यबाहक सचिव विष्णुप्रसाद अधिकारीको कार्यकक्षमा पुगेकी मन्त्री केसीले सचिवलाई लिएर मन्त्रालयभित्रका प्रत्येक कोठा–कोठामा पुगेकी थिइन् ।

अनुगमनका क्रम्मा मन्त्रालयका केही फाँटहरुमा एक-दुईजना कर्मचारी देखिएपनि अन्यत्र भने सुनशान देखिन्थो । अनुगमन पश्चात अन्तम कार्यकक्ष पुगेकी मन्त्री केसीले तत्काल स्टाफ मिटिङ्ग बोलाउँन सचिवलाई निर्देशन दिइन् ।

सरकार परिवर्तन हुने देखेर नियोजित ढंगले काम नगरेको भन्दै मन्त्री केसीले कर्मचारीप्रति आक्रोश पोखिन् । ‘पछिल्लो समय कर्मचारीहरुको लापरवाही बढेको छ, सरकार परिवर्तन हुँदै छ भनेर नियोजित ढंगले काम्मा नआउँने, विदामा बस्न दिने  प्रवृत्ति मौलायो,’ मन्त्री केसीले भनिन् ।

मन्त्री केसीले एमालेका केही नेताहरुलाई इंगित  गर्दै कर्मचारीलाई काम नगर्न निर्देशन दिएको र कर्मचारीले पनि सोही अनुसारको व्यवहार देखाएको बताइन् ।

‘कर्मचारीहरु पनि ट्रयापमा छन्, उनीहरुको पनि बाध्यता छ,’ मन्त्री केसीले भनिन्, ‘कनैपनि हालतमा त्यो काम नगुर्न, गरेपछि राम्रो हुँने छैन्, अब सरकारमा हामी आउँदै छौं, भनेपछि त्यो कर्मचारीले कुन जाँगरले काम गर्छ ?’

मन्त्री केसीले कर्मचारीकै लापरबाहीले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा ठूलो असर पर्ने बताइन् । सरकार तत्काल नै परिवर्तन भइ नहाल्ने भन्दै आफ्नै रफरतामा काम गर्न कर्मचारीहरुलाई आग्रह समेत गरिन् ।

‘सरकार परिवर्तन हुन्छ भन्ने के ग्यारेन्टी छ ? अर्को आउँन पनि सक्छ, यही रहन पनि सक्छ, भन्न सक्ने स्थिति छैन्,’ केसीले भनिन् , ‘भोलि परीक्षामा जाँदैछौं, नतिजा हेर्दै गर्नुहोला ।’

मन्त्री केसीले कर्मचारी थाइ सरकार भएको भन्दै विकास निमार्णका कामलाई तीव्रताका साथ अगाडी बढाउ निर्देशन समेत दिइन्।

तत्कालीन समाजिक विकास मन्त्री दल रावलले गत चैत २४ गते राजीनामा दिएपछि २८ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उक्त मन्त्रालयको जिम्मेवारी भूमी व्यवस्था कृर्षी तथा सहकारी मन्त्री बिमला केसीलाई दिएका थिए ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री केसी पहिलो पटक सामाजिक विकास मन्त्रालयको कार्य कक्षमा पुगेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?